यो प्रणाली प्रादेशिक निजामती सेवामा कार्यरत कर्मचारीहरूको सरुवा निवेदन प्रशोधनका लागि मात्र हो। खाता खोल्ने प्रत्येक व्यक्तिले आफ्नो वास्तविक र सही सेवा विवरण उपलब्ध गराउनु पर्नेछ।
आफ्नो खाताको प्रयोगकर्ता नाम र पासवर्ड गोप्य राख्नु प्रयोगकर्ताको स्वयंको जिम्मेवारी हो। आफ्नो खातामार्फत भएको कुनै पनि कारबाहीको जिम्मेवारी सम्बन्धित प्रयोगकर्ताले नै बहन गर्नुपर्नेछ।
जानाजान गलत वा झुटो विवरण उपलब्ध गराई पेश गरिएको सरुवा निवेदन अस्वीकृत गरिनेछ, र त्यस्तो कार्य प्रचलित कानून बमोजिम कारबाहीको भागिदार समेत हुन सक्नेछ।
सरुवा निवेदन स्वीकृति, सिफारिस वा अस्वीकृतिको अन्तिम निर्णय सम्बन्धित कार्यालय प्रमुख र मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्दछ। प्रणालीले निवेदन पेश र ट्र्याक गर्ने माध्यम मात्र उपलब्ध गराउँछ।
प्रणाली अनुरक्षण वा प्राविधिक कारणले कहिलेकाहीँ अस्थायी रूपमा उपलब्ध नहुन सक्छ। यस्तो अवस्थामा सकेसम्म चाँडो सेवा पुनः सुचारु गर्ने प्रयास गरिनेछ।